• २०८२, १९ चैत्र बिहीबार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिका–२ ढुस्केकी ७२ वर्षीया भविलक्ष्मी राई आफ्नै घरको दलानमा मृत अवस्थामा फेला परेकी छिन्। बुधबार राति करिब ९ बजे भविलक्ष्मी राई प्लास्टिकको कुर्सीमा निर्वस्त्र अवस्थामा मृत फेला परेको स्थानीय रुपमान राईले प्रहरीलाई जानकारी दिएका थिए।

जानकारी पाएलगत्तै वरुणेश्वर रामपुरस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मनिष लुइटेलको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

मृतकका श्रीमान् टेकबहादुर राईलाई संकास्पद ठहर गर्दै प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतकको शवमा आवश्यक कानुनी प्रकृया पूरा गरी (आज) बिहीबार बिहान जिल्ला अस्पताल रुम्जाटारमा पोष्टमार्टमका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख (डिएसपी) मदन केसीले जानकारी दिए ।

साङ्केतिक तस्बिर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!