ओखलढुंगा : प्रदेश नम्बर एकलाई किरात प्रदेश नामाकरण गराउनुपर्ने माग सहित किरात राई यायोक्खा जिल्ला कार्य समिती ओखलढुंगाले ज्ञापन पत्र बुझाएको छ । बिहिबार समितीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालय,मुख्यमन्त्रीको कार्यालय प्रदेश नम्बर एक,जिल्ला प्रशासन कार्यालय र जिल्ला स्थित बिभिन्न राजनीतिक दलका प्रतिनीधिलाई ज्ञापन पत्र बुझाएका छन् ।
किरात राई यायोक्खा जिल्ला कार्य समितीका अध्यक्ष थगेन्द्रराज राई र सचिब ताराहाङ राई सहितको टोलीले एक नम्बर प्रदेशलाई किरात प्रदेश नामाकरण गराउनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् । समितीले एक नम्बर प्रदेशलाई किरात प्रदेश नामाकरण गर्नुपर्ने पाँच आधार सहित ज्ञापनपत्र बुझाएको किरात राई यायोक्खा जिल्ला कार्य समितीका अध्यक्ष थगेन्द्रराज राईले बताए ।
ज्ञापनपत्रमा राष्ट्रको ईतीहास जोगाउन तथा मानव इतिहास र भूगोलको रक्षाका लागी किरात प्रदेश उचित नाम हुने उल्लेख गरिएको छ ।
त्यस्तै किरान नामले कुनै एक जाती बिषेशमात्र नभई समग्र हिमाल,पहाड र तराईलाई समेट्ने भएकाले पनि किरात प्रदेश उचित रहेको बताईएको छ । राष्ट्रलाई बलियो बनाउन तथा यस अभियानमा होमिन समेत उक्त नाम उपयुक्त हुने उल्लेख छ ।
नेपालका अन्य सबै प्रदेशको नामाकरण भैसकेको भएपनि एक नम्बर प्रदेशको नामाकरण गर्ने बिषय अझै टुंगीन सकेको छैन ।