ओखलढुंगा : जिल्लाको सिद्धिचरण नगरपालिका २ का ४८ जना छात्रछात्रालाई शैक्षिक समाग्री बितरण गरिएको छ । साबिकको तिन गाबिस तलुवा, भदौरे, ठुलाछाप बिभिन्न बिद्यालयमा अध्यनरत छात्राछालाई स्वयम्सेवी अभियान नेपाल (भिन) नामक संस्थाले शैक्षिक समाग्री बितरण गरेको हो ।
बिभिन्न बिद्यालयमा छात्रबृती मार्फत कक्षा १ देखी १२ सम्म अध्ययरत बिद्यार्थीहरुलाई शैक्षिक समाग्री प्रदान गरिएको वडा अध्यक्ष बसन्त कट्वालले बताए । बिद्यार्थीहरुलाई कपी,कलम,तयारी अवस्थाको बिद्यालय पोशाक,जुत्ता तथा अन्य समाग्री शैक्षिक समाग्री प्रदान गरिएको छ ।
स्वयम्सेवी अभियान नेपाल (भिन) नामक संस्थाले निशंखेमा संस्था स्थापना गरेर बालवालिकाका लागी बिभिन्न शिक्षा र नागरिक जागरणका काम गर्दै आएको छ ।
शनिबार संस्थाका अध्यक्ष भुपेन्द्र घिमीरे ,वडा अध्यक्ष कट्वाल सहित बिभिन्न ब्यक्तीहरुको सहभागीतामा बिद्यार्थीहरुलाई शैक्षिक समाग्री प्रदान गरेको हो ।