ओखलढुंगाः १० बर्षिय बालकमाथी मरनासन्न हुनेगरी कुटपिट गरेको आरोपमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिद्धिचरण नगरपालिका ११ रामबजारकी ३८ बर्षिय श्रेष्ठ थर गरेकी महिलालाई बालमाथी कुटपिट गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत साउन ७ गते दुई बालवालिका बिच खेल्ने क्रममा भएको समान्य बिवादका कारण छिमेकी १० बर्षिय बालकमाथी कुटपिट गरेको उनीमाथी आरोप छ । पिडितका तर्फका हजुरबाबुले अभद्र व्यवहार सम्बन्धि जाहेरी गर्दा गराएपछि कानुन बमोजीम श्रेष्ठलाई बुधबार नियन्त्रणमा लिएको ओखलढुंगा प्रहरी प्रमुख सुकदेव खनालले बताए ।
कुटपिटपछि बारम्बार बान्ता गर्ने समस्या देखिएका बालकलाई अेखलढुंगा सामुदायीक अस्पतालले रेफर गरेपछि अहिले काठमाण्डौ स्थित एक अस्पतालमा उपचार भैरहेको छ । पिडक भनिएका महिलालाई नियन्त्रणमा लिएर घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
अस्पतालले बालकलाई टाउकोमा समस्या भएको हुनसक्ने बताएको पिडतका आफन्तले बताएका छन् ।