• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगामा श्रीमानको कुटपिटबाट एक महिलाको ज्यान गएको छ । जिल्लाको चिशंखुगढी गाउँपालिका ४ का ४० बर्षीय प्रेम नुरी शेर्पाको कुटाईबाट उनका श्रीमती लाक्पा पुटी शेर्पाको ज्यान गएको हो ।

गत असार ७ गते बेलुका समान्य घरायसी बिबादका क्रममा प्रेम नुरीले श्रीमतीमाथी कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट मृत्यु हुने शेर्पाका उनका कान्छि श्रीमती भएको बुझिएको छ । शेर्पाले कुटपिटपछि घटना लुकाउन खेतबाट फर्कने क्रममा भिरबाट लडेर श्रीमती सख्त घाइते भएको भन्दै श्रावण ८ गते ओखलढुंगा सामुदायिक अस्पतालमा उपचारका लागी ल्याएका थिए ।

उपचारका क्रममा श्रीमतीको साउन ९ गते बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । शेर्पाको मृत्युपछि घटनालाई संकास्पद मनेर प्रहरीले अनुसन्धान गर्ने क्रममा श्रीमानलाई नियन्त्रणमा लिएको थियो । प्रहरीको सोधपुछका क्रममा श्रीमानले घटना स्वीकार गरेको ओखलढुंगा प्रहरी प्रमुख सुकदेव खनालले जानकारी दिए ।

बयानका क्रममा अभियुक्त शेर्पाले घरायसी विवादका क्रममा आफुले आवेगमा आएर श्रीमतीलाई लात्ती, मुड्की, काठको दाबिलोले पेट, टाउको सहित शरीरका अन्य विभिन्न भागमा हानेको बताएका छन्।

प्रहरीले उनीमाथी कर्तव्य ज्यान कसुर अन्तरगतको मुद्धामा कानुनी कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!