ओखलढुंगा: बिद्यार्थीहरुमा भइरल फिबरको प्रकोप देखिन थालेपछि ओखलढुंगाको एक बिद्यालय बन्द गरिएको छ । जिल्लाको लिखु गाउँपालिका ८ टारकेराबारी स्थित जाल्पा माध्यमिक विद्यालयका अधिकांश विद्यार्थीहरुमा भइरल फिबरको प्रकोप देखिन थालेपनि पाँच दिनका लागी बिद्यालय बन्द गरिएको हो ।
बिद्यालयले प्रशासनले एक सार्वजनिक सुचना जारी गरेर आईतबार भोलीदेखी लागु हुनेगरी आगामी पाँच दिन अर्थात भदौ २ गते सम्मका लागी बिद्यालय बन्द गरिएको जनाएको छ । बिद्यालयमा अध्यनरत सबै उमेर समुहका बालबालिकामा कडा खालको ज्वरो तथा रुघा खोकीको लक्ष्य देखिएको बिद्यालयका प्रध्यानध्यापक कैलाश पौडेलले बताए ।
सोही कारण समान्य बिद्यार्थीहरुमा समेत संक्रमणको जोखिम उच्च रहेकाले सावधानी स्वरुप बिद्यालय बन्द गरिएको प्रध्यानध्यापक पौडेलको भनाई छ । पछिल्लो समय जिल्लाका अधिकाशं बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुमा भाइरल फिबरको संक्रमण देखिएको छ ।विद्यार्थीहरुमा कडा खालको ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने,जोर्ती दुख्ने लगायतका लक्षण लक्षण देखिने गरेको चिकित्सकहरुको भनाई छ ।
भइरल फिबर ठुलो उमेरसमुहका ब्यक्तीहरुम समेत देखा परेको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी पुष्पराज पन्तले बताए । बढी जसो बालबालिकामा क्षणमा ज्वरो आउने , टाउको दुख्ने, बान्ता गर्ने लगायतका लक्षण देखिने गर्दछ । जसका लागी स्वास्थ्य संस्थामा समेत बिरामीको चाप बढ्न थालेको पन्तको भनाई छ ।
जिल्लामा पछिल्लो पटक भाइरल फिबरका बिरामी बढेकाले सावधानी अपनाउन समेत आग्रह गरिएको छ । सुचना अधिकारी पन्तले आम नागरिकलाई खानपानमा बिषेश ध्यान दिन आग्रह गरेको छ ।
#भइरल_फिबर #स्क्रीन_खबर