ओखलढुंगा : सुर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले अस्पताललाई ३ थान खानेपानी फिल्टर डिस्पेन्जर प्रदान गरेको छ । जिल्ला सदरमुकामको ओखलढुंगा सामुदायीक अस्पताललाई लघुवित्तले खनेपानी फिल्टर गर्ने डिस्पेन्जटर प्रदान गरेको हो ।
संस्थाले केही दिनअघि एक कार्याक्रमको अयोजना गरेर अस्पताललाई चिसो तथा तातो पानी पिउनका लागी तिनथान डिस्पेन्जर प्रदान गरेको सुर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड ओखलढुंगा शाखा प्रमुख मीन कुमार दाहालले जानकारी दिए । करिब ३२ हजार ५ सय मुल्य बराबरको डिस्पेन्जर प्रदान गरेको दाहालको भनाई छ ।
अस्पतालमा आउने बिरामी तथा आम सर्वसाधारण लक्षित गरेर तातो तथा चिसो पानीको सहजताका लागी डिस्पेन्जर उपयोगी हुनेछ । बिद्युतमार्फत स्वचालित रुपमा तातो तथा चिसो पानी एकै स्थानबाट आउने डिस्पेन्जरले बिरामी तथा सर्वसाधरण लाभान्वित हुने अपेक्षा गरिएको छ ।
सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले खानेपानी प्रसोधनका लागी फिल्टर प्रदान गरेको हो । संस्थाले जिल्लामा रही लामो समयदेखी महिला शसक्तिकरणका लागी धितोमार्फत सहुलियतपुर्ण रुपमा ऋण सुविधा उपलव्ध गराउदै आएको छ ।