ओखलढुंगा:५ देखी ११ बर्ष उमेरसमुहका बालबालिकालाई कोरोना बिरुद्धको खोप लगाईने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको खोप अभियान अन्तरगत जिल्लाका आठ वटै स्थानीय तहका ५ देखी ११ बर्षभित्रका बालबालिकालाई कोरोना बिरुद्धको फाईजर खोप लगाईने भएको हो ।
बिद्यालय उमेर समुहका बालबालिका लक्षित खोप अभियान आगमी भदौ ५ गतेदेखी ९ गतेसम्म सञ्चालन हुनेछ । जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी पुष्पराज पन्तका अनुसार खोप अभियानमा १५ हजार २ सय २२ जना बालबालिका समेट्ने लक्ष्य राखिएको छ। जसका लागी आठ वटै स्थानीय तहमा २ सय ८० वटा खोप केन्द्र निर्धारण गरिएको छ
। जसमध्ये पनि २ सय २० वटा बिद्यालय र अन्य ६० वटा स्वास्थ्य केन्द्रमार्फत खोप अभियान सञ्चालन हुने सुचना अधिकारी पन्तको भनाई छ । खोप अभियान सञ्चालनका लागी पहिलो संबन्धीत केन्द्रमा स्वास्थ्यकर्मी सहित खोप पठाउने काम भैरहेको छ ।
जिल्लाभित्रका ५ देखी ११ बर्ष उमेरसमुहका बालबालिका लक्षित सञ्चालन गर्न लागीएको फाईजर खोप बालवालिकाका लागी पहिलो खोप भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।