• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा: विभिन्न पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ नेपालको जिल्ला समिति गठन भएको छ । सरकारी तथा निजी क्षेत्रका विभिन्न पेशामा आबद्ध पेशाकर्मीहरुको हक हितमा काम गर्ने साझा संस्थाका रुपमा रहेको महासंघको शनिवार जिल्ला समिति गठन भएको हो ।

समितिमा सरकारी तथा गैरसरकारी क्षेत्रका सेवामा कार्यरत श्रमिकहरुका संगठनको प्रतिनिधित्वसिहत समित गठन भएको हो । समितिको संयोजकमा पत्रकार शिवप्रसाद ढुंगाना चयन भएका छन् । समिति १५ सदस्यीय रहेको छ ।

उपाध्यक्षमा निजामति कमर्चारीहरुको संगठनको प्रतिनिधीत्व गर्दै मात्रिका खतिवडा, सचिवमा विद्यालय कर्मचारी भेषराज खड्का रहेका छन् । समितिमा निजामति कर्मचारी शिक्षक वकील तथा अन्य विभिन्न पेशाकर्मीको संगठन तथा ट्रेड युनियन संगठनका प्रतिनिधित्व रहेको छ ।

सरकारी तथा निजी क्षेत्रका पेशाकर्मीहरु र तिनिहरुका ट्र्रेडयुनियन संस्थाहरुको छाता स‌ंगठन भएकाले सबै खाले पेशाकर्मीका समस्या तथा हकहितका पक्षमा काम गर्न र सामुहिक सौदावाजीका लागि सहजीकरण गर्न महासंघले काम गर्ने अध्यक्ष ढुंगानाले बताए ।

समिति गठन महास‌ंघका प्रदेश १ ईञ्चार्ज वरिष्ठ अधिवक्ता शंकर सुवेदीको प्रमुख आतिथ्य, प्रदेश १ का महासचिव उमेश मास्के तथा प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश अध्यक्ष कमल तिम्सिना लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!