• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

काठमाडौं: आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन बसेको सत्ता गठबन्धनको बैठक मंगलबार पनि बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले विहीबार पुनः बस्नेगरी टुंगिएको हो ।

जनमोर्चाका नेता हिमलाल पुरीका अनुसार भदौ ९ गतेभित्र सिट बाँडफाँट टुंग्याउने सहमति भएको छ । बैठकमा काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला सहभागी थिए ।

यस्तै माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, नेता रकम च्याम्जुङ, जनमोर्चाबाट महासचिव मनोज भट्ट र सचिव हिमलाल पुरी सहभागी थिए । विरामी भएपछि सिटौला बैठककै बीचमा बाहिरिएका थिए ।

रातोपाटीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!