• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगाः लामो समयमको प्रयासपछि चम्पादेवी गाउँपालिकाको केन्द्रमा पहिलो पटक बस पुगेको छन् ।सन्धुली र ओखलढुंगा जोड्ने सुनकोसी नदीको नवलपुरघाटमा पक्की पुल निमार्ण सम्पन्न भएपछि गाउँपालिका केन्द्रमा पहिलो पटक दुईवटा यात्रुबाहक आईपुगेका हुन् ।

पुल निर्माणमा र नपलपुर कोषहाट ककनी विलन्दु सडक निर्माणमा क्रियाशिल रहेका नेपाली काग्रेसका रामहरी खतिवडा र गाउपालिका अध्यक्ष नवराज केसीले उक्त सडकमा बस सञ्चालन भएकोमा खुशी व्यक्त गरेका छन ।यात्रुवाहक वस शुक्रबार गाउपालिका केन्द्र सुन्दरपुर आईपुगेको गाउाँपलिका अध्यक्ष नवराज केसीले बतए ।

गाउँमा पहिलो पटक बस पुगेपछि बसका चालक तथा सहचालकलाई स्थानियले फुलमाला लगाएर स्वागत गरेका छन् । जिल्लाको विकट मानिएको चम्पादेवी गाउँपालिकाको केन्द्र सुन्दरपुरमा काठमाण्डौ देखी सिधा बस सञ्चालन गराउनु आफ्नो ठूलो उपलब्धी मानिएको छ ।

सडक पहुँच सुधारमा विषेश ध्यान दिएको गाउपालिकाले चम्पादेवी गाउँपालिका केन्द्र हुदै काठमाण्डौ सम्म नियमित बस सेवा सञ्चालनको तयारी गरेको अध्यक्ष केसीको बताए ।

#चम्पादेवी #बस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!