• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा: जिल्लाको सबैभन्दा पुरानो सगरमाथा पुस्तकालय संरक्षणको पर्खाइमा छ । जिल्लामै पहिलो पटक करिब ५६ बर्ष अघिबाट स्थापना भई सञ्चालनमा आएको यस पुस्तकालय अहिले भत्किएर जिर्न अवस्थामा रहेको भवन बाहेक केहीपनि देखिदैन ।

पटक पटक सञ्चालक समिती परिर्वन भएपनि पुस्तकालयलाई जोगाउन भने कसैले सकेनन् । बामे सर्दै जेनतेन २०५९ सालसम्म सञ्चालनमा रहेको यस पुस्तालय त्यसयता जंगलमा परिणत भएको छ । चारैतिरबाट भत्किएर जिर्न बनेको भवनभित्र थोत्रा र पुराना डोरी तथा केही कुस्री बाहेक अन्य केहीपनि भटिदैन ।

पहिलो चरणमा बिहान बेलुका दिनभर पुस्तक पढ्ने मानिसहरुको भिड लाग्ने गरेपनि यसलाई निरन्तरता दिन नसक्दा अहिले यो अवस्थामा पुगेको स्थानीय नवीन श्रेष्ठको बुझई छ । बिच बिचमा खुल्दै बन्द हुदै गरेको अहिले आएर चारैतिर जंगल बनेको छ भवन भत्किएर केही छैन’उनले भने ।

अन्तिम पटक २०४६ सालमा पुन तदर्थ समिती बनेर चलाउने प्रयास गरेको पुस्तकालय फेरी थला पर्याे । अहिले आएर स्थानीय सरकारले संरक्षणको जिम्मा लिएर जिल्लाकै इतिहास बोकेको पुस्तकालय चलाउनुपर्ने समितीको ठहर छ। समितीका अध्यक्ष सुमन राजभन्डारीले यसको अस्तित्व जोगाउन पनि स्थानीय सरकारले मर्मत सम्भार गरेर सञ्चालनको जिम्मेवारी लिनुपर्ने बताउछन् ।

बिच बजारमा रहेको यस पुरानो र जिर्न अवस्थाको भवनले दैनिक सोही भवन मुनिबाट हिडिरहने ब्यक्तीलाई गिज्याईरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!