ओखलढुंगाः आँखा मानिसको सबैभन्दा महत्वपुर्ण अंग हो । आँखा स्वास्थ्य भए संसार देख्न पाईन्छ । सोही भनाईलाई उदृत गर्दै सामुदायीक आँखा केन्द्र ओखलढुंगाले गाउँगाउँबाट आँखाका बिरामीहरुको खोजी गरिरहेको छ ।
बिभिन्न स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरु संगको समन्वयमा निशु्ल्क आँखा परिक्षण शिबिर सञ्चालन गर्दै आएको छ । केन्द्रले सोमबार मोलुङ गाउँपालिकाको प्रप्चामा १ सय ६० जना आँखाका बिरामीको आँखा जाँच गराएको छ ।
जसमध्ये ९ जना बिरामीको आँखाको सल्यकृया गर्नृुपर्ने अवस्था देखिएको सामुदायीक आँखा केन्द्रका प्रमुख टिका राईले बताईन् । समाजका जेष्ठ,बयस्क तथा बालबालिका सबै उमेर समुहका नागरिकको आँखा परिक्षणलाई जोड दिईएको उनको भनाई छ ।
केन्द्रले आँखा स्वासथ्यका लागी बिभिन्न समयमा बिभिन्न गतिबिधि गर्दै आएको छ।सल्यकृया गर्नुपर्ने आँखाका बिरामीहरुलाई सामुदायीक आँखा केन्द्रमा हुने शिबिरमा सल्यक्रिया गरिने सामुदायीक आँँखा केन्द्रले जनाएको छ ।