• २०८३, २४ जेष्ठ आईतवार
0 COMMENTS

ओखलढुंगा: रमाईलोडाडाँमा बोलेरो जीप दुर्घटना हुदाँ एकजना गम्भिर घाईते भएका छन् । शुक्रबार अपरान्ह आलु बोकेर हटियातर्फ जादै गरको प्रदेश १–०६–००१ च ०००५ नम्बरको बोलेर जीप आर्मी ब्यारेक छेउको ओरालोमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भिर घाईते भएका सिद्धिचरण नगरपालिका ७ टक्सारका ४० बर्षिय नम्गेल शेर्पालाई उद्धार गरेर उपचारका लागी ओखलढुंगा सामुदायीक अस्पतालमा लागीएको छ । गाडीमा सवार चालक प्रेमलाक्पा शेर्पा सहित अन्य तिनजना समान्य घाईते भएको ओखलढुंगा प्रहरी प्रमुख सुकदेव खनालले बताए ।

गाडी सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीको अनुमान छ । गाडीमा शनिबारे हटियामा बेचबिखनका लागी आलु लिएर आएको बतार्ईएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!