ओखलढुंगा: सिद्धिचरण नगरपालिकाका पुर्व निर्वाचित महिला जनप्रतिनिधीलाई पैरवी सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । शि लिडस नेपालको अल्मुनाइ कार्यक्रम अन्तरगत नगरपालिकाका सबै वडाबाट यसअघिको स्थानीय तह निर्वाचनमा भाग लिएका महिला जनप्रतिनिधीका लागी पैरवी प्रशिक्षण प्रदान गरिकएको हो।
स्वीस सरकार बिकास सहयोग एसडीसीको आर्थिक , आई एफ ई एसको प्राबिधिक सहयोगमा शुक्रबारबाट रुम्जाटारमा सञ्चालित कार्यक्रम भोलीसम्म सञ्चालन हुनेछ । कार्यक्रममा पुर्व निर्वाचित महिला जनप्रतिनिधीलाई निर्णयकर्ताहरुसंग गरिने लविङ,पैरवी योजनाको निमार्ण,सरोकारवालासंग सहकार्य,योजनाको तयारी,सरोकारवालाको बिश्लेषण,पैरवीको पुनरावओलकन,पैरवीका बिषयबस्तु,समस्याको बिश्लेषण,पैरवी उदेश्य निर्धारण लगायतका बिषयमा प्रशिक्षण दिईएको छ।
कार्यक्रममा सहभागीहरुलाई पुर्व निर्वाचित महिला जनप्रतिनिधीहरुका लागी मानेभज्याङ गाउँपालिकाका निर्वतमान उपाध्यक्ष सबिता राई र पेशल कुमार खत्रीले प्रशिक्षण दिएका छन् । कार्यक्रममा दलित महिला केन्द्र नेपालका महासचिव गौरा नेपालीले नेतृत्व तहमा महिलाहरुको सहभगीतलाई सुनिस्चित गराउन कार्यक्रम सञ्चालन गरिएको बताईन् ।
उनले कोटा प्रणलीबाट स्थानीय तह निर्वाचनमा निर्वाचन महिला जनप्रतिनिधी नेतृत्व तहमा पुग्ने लक्ष्यका साथ राजनितीक तहमा अगाडी आउनुपर्नेमा जोड दिईन् । सोही लक्ष्यलाई सार्थकता दिन दलित महिला केन्द्र नेपालले स्थानीय तहमा महिला जनप्रतिनिधी लक्षित बिभिन्न कार्यक्रम सञ्चान गरेको उनको भनाई छ ।
हाल दलित महिला केन्द्र नेपाल सि डि डब्लु एन संस्थाले प्रदेश नम्बर १ का बिभिन्न ५ जिल्ला सूनसरी, मोरङ, झापा , खोटाङ र ओखलढूङगाका ३९ जिल्लाका ७ सय ५३ वटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालनमा छ । जसमा ६ सय ३६ नवनिर्वाचित र १ सय १७ जना पुनः निर्वाचित महिला जनप्रतिनिधी रहेको कार्यक्रमका अनुगमण मुल्याकंन अधिकृत बुना बिकले बताईन् ।
ओखलढूङगा जिल्लाको भने मानेभङज्याङ गाउँपालिका , सिद्धिचरण नगपालिका, मोलूङ गाउँपालिका सूनकोसी गाउँपालिका , चिसंखूगढी गाउँपालिका ,र चम्पादेवी गाउँपालिकामा यो कार्यक्रम सञ्चालनमा रहेको छ ।