• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुङ्गा, ९ असोज । ओखलढुंगामा म्यादी प्रहरीका लागि ८ सय ९२ जनाले आवेदन दिएका छन् । आउदो मंसिर ४ गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २४४ महिला र ६४८ जना पुरुषले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले जानकारी दिए ।

म्यादी प्रहरीको छनौट प्रकृया भने आज अर्थात असोज ९ गतेदेखि असोज १४ गतेसम्म सञ्चालन हुने प्रहरी नायव उपरीक्षक खनालले बताए । गत बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीका रुपमा काम गरिसकेका र पुर्व सुरक्षाकर्मीले भने स्वास्थ्य परिक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा दिन नपर्ने प्रहरी प्रमुख खनालको भनाई छ ।

म्यादी प्रहरीको अन्तिम नतिजा असोज २५ गते प्रकाशन हुने छ । जिल्लामा कति संख्यामा म्यादी प्रहरीको भर्ना गर्ने भन्ने बारेमा केहि आई नसकेको भएपनि ७ सय भन्दा बढिको संख्यामा म्यादी प्रहरी छनौट गरिने प्रहरी नायव उपरीक्षक खनालको भनाई छ । परिक्षामा उत्तिर्ण म्यादी प्रहरीले सुरक्षा व्यवहार सम्बन्धी तालिम लिएपछि नेपाल प्रहरीको जवान सरह तलव, पोशाक र राशन उपलब्ध पाउने गरी कार्यक्षेत्रमा खटिनुपर्ने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षार्थ जिल्ला प्रहरी कार्यालयले गत भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त आव्हान गरेको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!