रामेछाप: भोली हुने निर्वाचनको सबै तयारी पुरा भएको छ। एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्रको निर्वाचनका लागी सबै तयारी पुरा भएको जिल्ला प्रशासन कार्यालय रामेछापले जाएको छ । मतदानका लागी ९६ वटा मतदान स्थल र २२६ वटा मतदान केन्द्रको सबै तयारी पुरा भएको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले जानकारी दिनुभयो ।
निर्वाचनलाइ सफल बनाउन कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ । कारागारमा रहेका कैंदीबन्दीका लागी समेत मताधिकार प्रयोग गर्न अस्थायी मतदान केन्द्रको तयारी गरिएको छ । निर्वाचन सामाग्री लिएर कर्मचारी तथा सुरक्षाकर्मी मतदान स्थल र मतदान केन्द्रमा पुगीसकेको छन् ।
भोली बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गराउन तयारी अवस्था राखिएको छ । मतदान अधिकृतहरु निर्वाचन समाग्रीसहित मतदान केन्द्रमा पुगेर चार किल्लामा सूचना टाँस गर्ने र सर्वदलीय वैठक सबेर आचारसंहिता तयार, भित्र बाहिर गर्ने गेट निर्माण, कर्मचारीको परीचय पत्र बनाउने र मतपत्र बुझ्ने काम गरेको प्रजिअ रेग्मीको भनाई छ । ज्येष्ठ नागरिक अपांगता भएका ब्यक्ती तथा अशक्तका लागि बाटो बनाएर केन्द्रलाई अन्तिम रुप दिनेगरी काम भएको छ ।
निर्वाचनलाई भब्य र सब्य रुपमा सम्पन्न गराउन तयारी अवस्थामा रहेको रेग्मीले बताउनुभयो । उहाँले मतदानलाई शान्तिपुर्ण रुपमा सम्पन्न गराउन आवश्यक सुरक्षा प्रवन्ध मिलाईएकाले आम मतदातलाई ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभयो । मतदानका लागी जिल्लामा कुल एक लाख ८० हजार १ सय ६ जना मतदाता रहेका छन् ।
निर्वाचनलाई सफल बनामउन ६५० नेपाल प्रहरी, एक हजार १ सय म्यादी प्रहरी सहित नेपाली सेना, सशस्त्र प्रहरी खटाइएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । यसैबिच जिल्लामा मतदान स्थलको अवस्था र शान्ति सुरक्षाको जाँचका लागी केन्द्रबाट निर्वाचन आयुक्त सहित सुरक्षा निकायका बिभिन्न ब्यक्तीहरु रामेछापमा आउनुभएको छ। उहाँहरुले जिल्लाका केही मतदान स्थलको प्रत्यक्ष अवलोकण गर्ने र शान्ति सुरक्षाको बिषयमा अध्ययन गर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो ।