रामेछाप: निर्वाचनको समयमा सञ्चारगृहले जारी गरेको परिचयपत्रका आधारमा पत्रकारहरुले सवारीसाधन सञ्चालन गर्न पाउने भएका छन् । पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेका अनुसार प्रेस काउन्सिलमा दर्ता भई सञ्चालनमा रहेका सञ्चालगृहको परिचयत्रका आधारमा पत्रकारहरुले सवारीसाधन सञ्चालन गर्न पाउने भएका हुन् ।
आईतरबार भोली हुने प्रदेशसभा तथा प्रतिनिधीसभा सदस्य निर्वाचनका लागी रिपोर्टीङ गर्ने सञ्चारकर्मीको सहजताका लागी सम्बन्धीत सञ्चारगृहले जारी गरेको परिचयपत्रका आधारमा समाचार संकलन गर्न पाउने ब्यवस्था गरिएको हो । यससंगै नियमककारी निकायबाट जारी भएको प्रेस पासको आधारमा पनि पत्रकारहरुले सवारीसाधन सञ्चालन गर्न पाउने रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताउनुभयो ।
सञ्चारकर्मी तथा पत्रकारलाई निर्वाचनको समयमा समाचार तथा सुचना संकलनमा कुनै अवरोध सृजना नगर्ने प्रअिज रेग्मीको भनाई छ । सञ्चारकर्मी तथा पत्रकारलाई निर्वाचनको समयमा समाचार तथा सुचना संकलनमा कुनै अवरोध सृजना गर्ने प्रअिज रेग्मीको भनाई छ ।
यसवाहेक एम्बुलेन्स,खानेपानीको ट्याङकर,दुग्धजन्य सवारीसाधन,दमकल लगायतका अति आश्यक सवारीसाधनलाई सञ्चालनमा कुनैपनि रोक लगाईएको छैन । अन्य सवारीसाधनको हकमा भने निर्वाचतनको दिन बिहान ४ बजेदेखी बेलुका ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाईएको छ ।