• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । आईतबार (भोली) हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि जिल्लामा सम्पुर्ण तयारी पुरा भएको छ । बिहान ७ बजेबाट देशभर एकैसाथ सुरु हुने मतदानका लागि जिल्लामा पनि सम्पूर्ण तयारी पुरा भएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।

उनका अनुशार जिल्लाका १ सय ५३ वटै मतदान केन्द्रमा कर्मचारी तथा सुरक्षाकर्मीहरु पुगेर मतदान स्थल निर्माण गर्ने, सर्बदलिय बैठक बस्नेलगायतका सबै काम सम्पन्न गरिसकेका छन । प्रदेशसभा तर्फ २ र प्रतिनिधी सभा तर्फ १ वटा निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा निर्वाचनका लागि १ हजार २ सयको हाराहारीमा कर्मचारी खटिएका छन ।

त्यस्तै निर्वाचनलाई भयरहित, स्वच्छ, निष्पक्ष, पारदर्शी र सौहार्दपुर्ण बातावरणमा सम्पन्न गराउन १ हजार ८ सय सुरक्षाकर्मी तैनाथ गरिएको छ । जसमा ५ सय नेपाल प्रहरी, ३ सय नेपाली सेना, २ सय सशस्त्र प्रहरी र ८ सय जना म्यादी प्रहरी रहेका छन ।

त्यस्तै कुनैपनि मतदान स्थलमा थप सुरक्षाकर्मी आवश्यक परेको खण्डमा समेत तत्काल परिचालन हुने गरी सुरक्षा ब्यवस्था मिलाईएको भन्दै प्रजिअ तामाङले प्रत्येक मतदान केन्द्रको बाहिरी घेरामा सशस्त्र प्रहरी वा नेपाली सेनाले सुरक्षा दिने बताए ।

छिटपुट रुपमा मौन अबधीको सानातिना अवज्ञा गरेको जानकारीहरु आए पनि सुरक्षाका हिसाबले मतदाता त्रसित हुनुपर्ने अवस्था नरहेको भन्दै उनले उत्साहका साथ ढुक्क भएर मतदान गर्न समेत मतदाताहरुलाई आग्रह गरेका छन ।

जिल्लामा कुल मतदाताको संख्या १ लाख १७ हजार ८ सय ९७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!