• २०८१, ५ मंसिर बुधबार
0 COMMENTS

ओखलढुंगा । जिल्लामा बिहान ७ बजेदेखी सबै मतदान केन्द्रमा शान्तीपुर्ण ढंगबाट मतदान भैरहेको छ । जिल्लाका ८४ मतदान स्थल र १५३ वटै मतदान केन्द्रमा शौहार्दपुर्ण बातावरणमा मतदान भैरहेको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।

जिल्लाका सबै मतदान केन्द्रमा मतदाताहरु बिहानैदेखी लाईनमा बसेर उत्साहका साथ मतदान गरिरहेका छन । बिहान ९ बजेसम्म झन्डै १८ प्रतिसत मत खसिसकेको जिल्ला निर्वाचन अधिकारी प्रेमप्रसाद न्यौपानेले जानकारी दिए । जिल्लाका सबै मतदान केन्द्रहरु अपाङमैत्री रहेको उनले बताए ।

अशक्त, अपाङ्ग, जेष्ठ नागरीक, गर्भवती महिला, क्रियापुत्रीलगायतलाई लाईनमा बस्न नपर्ने गरी विश्राम स्थल सहित मतदानको ब्यवस्था मिलाईएको उनको भनाई छ । यता मतदाताहरुले पनि अहिलेसम्म सहज रुपमा मतदान गर्न पाएको प्रतिक्रिया दिएका छन ।

प्रदेशसभा तर्फ २ र प्रतिनिधी सभा तर्फ १ वटा निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा निर्वाचनका लागि १ हजार २ सयको हाराहारीमा कर्मचारी खटिएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!