रामेछाप : बैंकिङ कसुर मुद्धाका फरार अभियुक्तलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्धामा सजाय पाई फरार रहेका सुनापती गाउँपालिका ४ की ५६ बर्षिय मेनुका घिमिरेलाई सोमबार पक्राउ गरी अदालतको आदेश अनुसार थुनामा पठाएको हो ।
प्रतिवादी घिमिरेलाई २०७८ कात्तिक २३ गते उच्च अदातल पाटनले २४ दिनको कैद साजय सहित १ करोड ७४ लाख रुपौया जरिवाना सहितको फैसला सुुनाएको थियो । अदालतको फैसला लगत्तै फरार रहेका घिमिरेलाई काठमाण्डौ महानगरपालिका १० नयाँबानेश्वर स्थित आफ्नै घरमा लुकिछिपी रहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी घिमिरेलाई मंगलबार जिल्ला अदातल रामेछापको आदेश अनुसार जिल्ला कारागारमा थुनामा पाईएको प्रहरी स्रोतले जनाएको छ ।