• २०८१, ५ मंसिर बुधबार
0 COMMENTS

ओखलढुंगा । चम्पादेवी गाउँपालिकामा दलित महिला केन्द्रको ‘शी लिड्स’ परियोजना सुरु भएको छ । गाउँपालिकाको सभाहलमा आज (आईतबार) एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष नबराज केसीले परियोजनाको औपचारीक उद्घाटन गरे । परियोजना लागु गर्ने भनेर यसअघि नै सम्झौता भएपनि आज औपचारीक रुपमा सुरुवात भएको हो ।

परियोजनाको उद्घाटन गर्दै पालिका अध्यक्ष केसीले गाउँपालिकामा यो परियोजना लागु भएकोमा खुसी ब्यक्त गरे । अन्य पालिकामा लागु भएको यो परियोजना चम्पादेवीमा पनि लागु गर्न आफैले आग्रह गरेको भन्दै उनले परियोजनाले पालिका भित्रका महिला जनप्रतिनिधि (वडा सदस्य) हरुको क्षमता बिकास हुने विश्वास ब्यक्त गरे ।

वडाभरीमा क्षमतावान र प्रवल सम्भावना भएका महिलाहरुलाई नै पार्टीले टिकट र जनताले मत दिएर निर्वाचित गराएकाले आफ्नो जिम्मेवारी बहन गर्न समेत उनले वडासदस्यहरुलाई आग्रह गरे । पालिका र जिल्लामा मात्रै नभएर अन्य जिल्लामा समेत गएर निर्धक्क आफ्नो भनाईहरु राख्न पहिले क्षमता विकास हुनुपर्ने भन्दै उनले परियोजनाले दिने विभिन्न तालिम तथा अध्ययनमा सहभागी हुन जरुरी रहेको बताए ।

कार्यक्रममै प्रमुख प्रसासकिय अधिकृत सरोज थापाले परियोजना लागु गरिएकोमा संस्थालाई विशेष धन्यवाद दिँदै धैर्यताका साथ ज्ञान हासिल गर्न वडा सदस्यहरुलाई अनुरोध गरे । यो कार्यक्रममले पछि परेका महिलाहरुको क्षमता विकास हुनेमा समेत आफु विश्वस्त रहेको उनले बताए ।

कार्यक्रममा पालिका उपप्रमुख दिलामायाँ मगर लगायतको उपस्थिती रहेको थियो ।

परियोजनाको औपचारीक उद्घाटन संगै निर्वाचित महिला वडा सदस्यहरुका लागि ४ दिने प्रारम्भीक प्रशिक्षण मोडयुल १ सूरु भएको छ । उक्त प्रशिक्षणमा परियोजनाका प्रशिक्षक मैयाँ राईले प्रशिक्षण दिईरहेको कार्यक्रम अधिकृत बुना बिकले जानकारी दिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!