• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

रामेछाप:अबैध रुपमा नदीजन्य सामाग्री चोरी निकासी भैरहेको स्थानमा गाउँपालिकाले छापा मारेको छ । बिहिबार राती खाँडादेबी गाउँपालिका १ राकाथुम स्थित खैरेनीपुल क्षेत्रबाट शुनकोशी नदीको ढुंगा तथा बालुवा अवैध रुपमा चोरी निकासी हुदै अएको सुचनाका आधारमा गाउँपालिकाले छापा मारेको हो ।

गाउँपालिकाले छापा मारेर ३ वटा ट्रक र बालुवा निकाल्दै आएको अवस्थामा २ वटा स्काभेटरलाई नियन्त्रणमा लिएको छ । नदी किनारबाट स्काभेटर प्रयोग गरेर निरन्तर चोरी निकासी गरेर नदीजन्य सामाग्रीको दोहान गरिरहेको गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले बताए । प्रहरी सहित चोरी निकासी भएको स्थानमा छापा मार्न पुगेका अध्यक्ष श्रेष्ठले मध्यपहाडी राजमार्ग र नदीलाई नै असर पर्ने गरेर ढुँगा तथा बालुवाको चोरी निकासी भैरहेको बताए ।

टेन्डरमार्फत नदीजन्य समाग्र्रीको उत्खनन् गर्नुपर्ने र गाउँपालिकाले निर्धारण गरेको तिन हजार रुपौया पैठारी कर अनिवार्य तिर्नुपर्ने गाउँपालिकाको नियम छ । यसका लागी पनि नदीजन्य समाग्री उत्खनन् गर्दा अनिवार्य इआईए गनुपर्ने र जेसीबी लगायतका ठुला सवारीसाधनबाट उत्खनन् गर्न नपाईने ब्यवस्था छ । तर सुनकोशी नदीको राकाथुम क्षेत्रबाट नियम बिपरित रातको समयमा नदीजन्य समाग्रीको खुलेआम चोरी निकासी भैरहेको छ ।
नदीजन्य समाग्रीको चोरी निकासी भैरहेको सुचनाका आधारमा गाउँपालिकाले छापा मार्दा चालकहरु सवारीसाधन नै छोडेर भागेका थिए । छापा मार्ने क्रममा भेटिएका स्काभेटर तथा ट्रकलाई प्रहरीको जिम्मा लगाईएको छ ।

चोरी निकासीमा संलग्न भएको ब्यक्ती तथा सवारीसाधनलाइ स्थानीय स्वयतसासन अनुसार कारवाही गरिने गाउँपालिकाले जनाएको छ । जसका लागी सुरक्षा निकायले समन्वय गर्ने र आवश्य सुरक्षा चाहिएमा सहजीकरण गर्ने प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!