• २०८३, २४ जेष्ठ आईतवार
0 COMMENTS

रामेछापः मन्थली नगरपालिका ९ पुरानागाँउ स्थित एक्लेमाने–स्थानापती सडकखण्ड स्तरउन्नतीको काम भैरहेको छ । प्रदेश सरकारको करिब २५ लाख रुपौयाको बजेटमा उक्त सडकखण्डमा तारजाली भर्ने तथा  सडक स्तरउन्नती गर्ने काम भैरहेको हो।

तर सडकमा तारजाली भर्ने बिषययलाई लिएर उभोक्ता समितीका अध्ययक्ष र स्थानीय बिच बिवाद चुलिएको छ। बिवादकै बिच काम भएपछि स्थानीयले उपभोक्ता समितीबिरुद्ध उजुरी हाल्ने सम्मको धम्की दिएको छ । सडकखण्डमा करिब २ सय ५० वटा तारजाली भर्नुपर्ने योजना छ । तर तारजाली भर्नका लागी ढुंगा निकाल्ने बिषयलाई लिएर उपभोक्ता समिती अध्यक्ष र स्थानीय बिच बिवाद भएको हो ।

स्थानीय शिवरण बोहोराले उपभोक्त समितीका अध्यक्ष बिष्णु प्रसाद बोहोराले सरकारी“ऐलानी” जग्गाबाट निशुल्क ढुंगा निकालेर सडकमा प्रयोग गर्दै प्रती ट्याक्टर ५ सय रुपौया आफुले राख्ने गरी काम गरेको आरोप लगाए । उनले धापखोला सामुदायीक बन क्षेत्रको जंग्गाबाट ढुंगा निकाली छेवैमा रहेको आफ्नो जग्गाको भनेर पैसा लिएर ढुंगा सडकमा प्रयोग गरेको बताए । “अध्यक्षले छेवैमा रहेको आफ्नो पाखालाई देखाएर सार्वजनिक जग्गाको ढुंगा प्रति ट्याक्टर ५ सयका दरले लिने भनि सडकमा प्रयोग गरिहेका छन् ”उनले भने ।

सार्वजनिक वा ऐलानी जग्गाबाट निकालेको ढुंगा सडकमा निशुल्क प्रयोग गर्नुपर्ने उनको माग छ । तर उपभोक्ता समितीका अध्यक्ष बिष्णु प्रसाद बोहोरा आफुले पैसा लिने हिसावबाटै आफ्नै पाखाबाट ढुंगा निकालेको दाबी गर्छन् । उनले आफुले ढुंगा निकालेको स्थानको मालिक आफै भएको बताए ।“केही स्थानीयले अनावशेक बखेडा झिकेका हुन् । ढुंगा झिकेको मेरै जग्गा हो । म प्रमाण पेश गर्न तयार छु” उनले भने । तर ढुंगा निकालेको जग्गालाई अन्य स्थानीयले समेत आफ्नो भएको दाबी गर्ने गरेका छन् ।

वडाभित्र भैरहेको योजनाको अनुगमन तथा मुल्याङकण गर्ने जिम्म वडा कार्यालयको समेत हो । तर वडा कार्यलयले उक्त योजनामा भएको बिवाद प्रपञ्च मात्र भएको बताएको छ । वडा अध्यक्ष गोकर्णराज आरनले  उक्त योजनामा करिब २ सय ५० वटा तारजाली भर्नुपर्नेमा १ सय ५० वटा स्थानीय शिवरण बोहोरा र अन्य १०० वटामा उपभोक्ता समितीका अध्यक्षको जग्गाबाट ढुंगा किनेर भर्ने बिषयमा सहमती नहुदाँ उक्त कुरा बाहिर आएको बताए ।“स्थानीयले आफ्नो पाखाको ढुँगा दिन नपाएपछि बिवाद झिकेको हो” अध्यक्ष आरनले भने ।

कानुनतः सार्वजनिक जग्गामा फलेका फल तथा उत्पादन भएका बस्तु स्थानीयले उपभोग गर्नु पाँउछन् । तर प्रकृतिक रुपमा रहेका ढुंगा,माटो,बोट बिरुवा लगायतका प्राकृतिक स्रोत साधन प्रयोग गर्न पाईदैन । यस्तो अवस्थामा संबन्धित स्थानीय तहको अनुमती दिएर राज्यलाई आवश्यक कर तिरेर मात्र उपभोग गर्न पाउने ब्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताए । उपभोक्ता समितीमार्फत गरिने योजनामा प्रयोग गरिने स्रोतको बिषयमा स्थानीय तहलाई जानकारी अनिवार्य गराउनुपर्ने अभ्यास जिल्लामा नरहेको मन्थली नगरपालिकाका ईन्जिनियर डिल्ली अधिकारीले बताए ।

त्यसका लागी उपभोक्ता स्वयम समितीमा रहेकाले यस्तो अवस्थामा उपभोक्ता आफै मिलेर काम गर्नुपर्ने उनको तर्क छ । प्रदेश सरकारको २५ लाख रुपौयाको अनुदान रकमबाट स्तरउन्नतीको काम भैरहेको उक्त सडकखण्ड गत पौष ६ गते सम्झौता भएर आगामी चैत्र १ गते बुझाईसक्नुपर्नेछ । हालसम्म उक्त सडकमा ४० भन्दा बढी तारजाली भर्ने काम भैरहेको उपभोक्ता समितीले जनाएको छ ।

अघिल्लो पटक पनि उक्त सडकखण्डमा हालका उपभोक्ता समिती अध्यक्ष बोहोराले सडक निमार्णमा बिवाद गरेपछि यसपटक उनैलाई समिती अध्यक्ष बनाईएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!