रामेछाप : जिल्लाबाट पछिल्लो तिन आर्थीक बर्षमा १ सय ३४ जना नागरिक हराएको उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थीक बर्ष २०७७÷०७८ देखी चालु आर्थीक बर्ष २०७९÷८० सम्मको नौ महिनाको अवधीमा १ सय ३४ जना नागरिक हराएको उजुरी परेको हो ।
जसमध्ये सबैभन्दा बढी ९३ जना महिला,२६ जना बालिका,१३ जना बालक र २ जना जेष्ठ नागरिक रहेका छन् । ति मध्ये १ सय ७ जना फेला परेको र ३० जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक होम बहादुर पराजुलीले जानकारी दिनुभयो ।
आर्थीक बर्ष २०७७÷०७८ मा ४४ जना महिला हराएकोमा ३९ जना फेला परेको र ५ जना अझै बेपत्ता छन् । त्यस्तै सोही आर्थीक बर्षमा १५ जना बालिका हराएकोमा १४ जना फेला परेको र ४ जना बालक हराएकामध्ये सबै फेला परेको प्रहरीको तथ्याकंमा उल्लेख छ । आर्थीक बर्ष २०७८÷०७९ मा ३६ जना महिला हराएकोमा २५ जना फेला परेका र ११ जना अझै फेला पर्न बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ ।
चालु आर्थीक बर्ष २०७८÷०७९ को नौ महिनाको अवधीमा १३ जना महिला हराएमध्ये ८ जना फेला परेको,४ जना बालिका हराएकोमा ३ जना फेला परेको र ३ जना बालक हराएकोमा २ जना मात्र फेला परेको तथ्यांकमा उल्लेख गरिएको छ । जेष्ठ नागरिकहरु २०७७÷०७८ र २०७८÷०७९ मा २ जना हराएकोमा १ जना मात्र फेला परेको छ ।
चालु आर्थीक बर्ष २०७९÷८० को अहिलेसम्मको अवधीमा कुनैपनि जेष्ठ नागरिक हराएको उजुरी नपरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । परिवारका सदस्य हराएको वा आफन्त हराएको जाहेरी परिवारका सदस्यबाटै आउने गरेको प्रहरीले जनाएको छ । जाहेरीपछि हराएका नागरिकको परिचय वा हुलियाका आधारमा प्रहरीले खोजतलास गर्ने गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
आपराधिक क्रियाकलाप शुन्य बनाउछुः डिएसपी पराजुली
भर्खरै मात्र जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आउनुभएका डिएसपी पराजुलीले अपराधमुक्त जिल्ला बनाउनेगरी लाग्ने प्रतिबद्धता जनाउनुभएको छ । सोमबार स्कृन खबरसंगको संछिप्त कुराकानीमा डिएसपी पराजुलीले नागरिकको शान्ति सुुरक्षा र अनमनचयन कायम गराउने बिषयमा कुनै कसर बाँकी नराख्ने बतानुभएको हो ।
उहाँले कसैको दवाब वा प्रभावमा नपरी आपराधिक क्रियाकलापलाई निष्तेज पारिने बताउनुभएको छ ।