• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

रामेछापः खाडाँदेबी गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ यतीबेला बिवाद र प्रशंसा दुबैको पात्र बनेका छन् । हातमा मोवाईल बोकेर भिडियो बनाउदै कोशी किनारमा भैरहेका प्राकृतिक सम्पदाको चोरी निकासीलाई रोक्न उनी छड्के अनुगमनमा जाने गरेका छन् ।

केही दिन अघि मात्र सोही गाउँपालिकाको वडा नम्बर १ राकाथुम स्थित कोशी किनारमा भैरहेको ढुँगा तथा बालुवाको चोरी निकासी गर्नेलाई रंगेहात भेटेपछि उनले भिडियो बनाएर सामाजिक सञ्जालल पोष्ट गरे । त्यसपछि उक्त बिषयले जिल्लामा राम्रै स्थान पायो । गाउँपालिका अध्यक्ष स्वयमले समाजिक सञ्जालमार्फत यस्ता बिषय बाहिर ल्याएपछि कतिले उनको प्रशंसा गरे भने कत्तिले उनको बिराध गरे ।

बिरोध गर्नेहरुले उनलाई अध्यक्ष पत्रकार समेत भन्न भ्याए । यो कुरा उनी आफै स्वीर्काछन् । “अहिले यो बिषय उठिरहेको छ । दुई प्रतिशत नागरिकले तपाईको भुमिका हैन भनेर आलोचना गर्ने गरेका छन् । तर त्यो मेरो भुमीका नभएपनि दायित्व हो”अध्यक्ष श्रेष्ठले भने । फेसबुकमार्फत लाईभलाई साहारा बनाएर बेतिथी र विसंगति बिरुद्ध लागेका अध्यक्ष श्रेष्ठले देशभर सुचना पुर्याउन फेसबुकको प्रयोग गरेको बताउँछन् ।
“मैले प्रहरी प्रशासन बोलाएर कारवाहीको प्रकृयामा जादाँ तहगत रुपमा दवाब आउने र दोषी कारवाहीको प्रकृयाबाट बाहिरीने भएकाले  प्रमाणका लागी फेसवुकलाई साहारा बनाएको हुँ ”श्रेष्ठले भने । उनले सबै स्ट्रिङ अप्रेसनमा पत्रकारलाई सहभागी गराउन नसकेकाले पनि समाजिक सञ्जाललको प्रयोग गरेको बताए। कतै तपाई पनि हर्क साम्पाङ जस्तो फेसबुकमा भाईरल हुन त लाग्नु भाको हैन ? भन्ने प्रश्नमा उनी भन्छन् त्यस्तो हैन मलाई थाहा छ त्यो मेरो डिउटी पनि हैन तर मेरो उत्तरदायित्व भने पक्कै हो । चोरी तस्करीमा ठुला र बलिया ब्यक्तीको संलग्नता हुुने भएकाले प्रमाणका लागी भिडियो खिच्ने गर्छु।” तर प्रहरीले समाजिक सञ्जाललको प्रयोग ब्यक्तीको स्वतन्त्रत्राको बिषय भएको बताएको छ ।

रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक होम बहादुर पराजुलीले दोस्रो ब्यक्तीलाई हानी पुर्याउने गरी सञ्जालको प्रयोग गर्न भने नहुने बताए । “समाजिक सञ्जालबाट कसैको ब्यक्तिगत चरित्र हत्या गर्न पाईदैन तर सकारात्मक प्रयोग ब्यक्तीको ब्यक्तीगत अधिकार र स्वतन्त्रत्राको कुरा हो”उनले भने । अध्यक्षले समाजिक सञ्जालबाट गरेको कामको सकारात्मक र नकारात्मक दुबै पाटो हुनसक्ने उनको भनाई छ ।

“फेसबुकको प्रयोग गर्दै अध्यक्षज्युले गर्नु भएको कामले चोरी निकासी नियन्त्रणमा आएको छ भने त्यो सकारात्मक हुन सक्छ , त्यसले गलत म्यासेज गएको छ भने नकारात्मक हुन सक्छ ।” प्रहरी प्रमुख पराजुलीले गलत गर्नेलाई नियन्त्रण र कारवाही गर्ने कुरामा जानकारी भए समन्वय गर्न सकिने बताए ।

गाउँपालिकाभित्र ढुङ्गा, गिट्टी तथा बालुवा लगायत प्राकृतिक सम्पदाको ब्यवस्थापन गर्ने अधिकार पालिका स्वयमको हो । यसको अनुगमन गर्न जिल्ला समन्वय समिती प्रमुखको संयोजकत्वमा जिल्ला स्तरिय संयन्त्र रहेको छ । “पालिका प्रकृतिक सम्पदाको संरक्षणमा जुट्नु राम्रो पक्ष हो तर अध्यक्ष स्वयमले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने कुरा उहाँको ब्यक्तीगत कुरा हो, त्यो पालिकाले के गर्ने के नगर्ने भन्ने निणर्य गरेको होला” प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले भने ।

गाउँपालिका अध्यक्ष श्रेष्ठ मोवाईल बोकेर ढुङ्गा, गिट्टी तथा बालुवा चोरी निकासी भैरहेको स्थानमा स्ट्रिङ अपरेसन गर्न पुगेपछि दोस्रो बाटो भएर काम गर्न पल्केकाहरु कानुनी दायरामा आउन थालेका छन् । गाउँपालिकाका अनुसार अहिले पालिकामा राजश्वको दर बढेको छ भने दैनिक २० हजार बढी राजश्व संकलन हुने गरेको छ ।

 

करको दायरामा आएका सवारीसाधन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!