• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३१.१७ प्रतिशत वित्तीय प्रगती हासिल गरेको छ । नगरपालिकाको आज (आईतबार) सम्पन्न ११ औँ नगरसभामा चालु आर्थिक वर्ष २०७९÷८० मा बिनियोजन भएको कुल बजेट मध्ये हालसम्म ३१.१७ प्रतिशत बजेट खर्च भएको जानकारी दिईएको हो ।

नगरसभामा नगरप्रमुख तेजन खनाल (तेजेन्द्र) ले चालु आर्थिक वर्षको हालसम्मको प्रगती तथा समिक्षा प्रस्तुत गर्दै आर्थिक वर्ष २०७९÷८० मा कुल ७० करोड, ७६ लाख, ४३ हजार ९ सय रुपैयाँ (सामाजीक सुरक्षा भत्ता बाहेक) बिनियोजन भएकोमा हालसम्म २२ करोड ६ लाख रुपैयाँ खर्च भएको बताए ।

जसमध्ये चालु खर्च रु.१८ करोड, ७० लाख ७२ हजार (३९ प्रतिशत) र पूँजीगत तर्फ रु. ३ करोड ३५ लाख ३९ हजार (१४.५६ प्रतिशत) रहेको छ । यस्तै वडा स्तरीय योजना तथा पूर्वाधार विकास तर्फ ३१.२८ प्रतिशत भौतिक, १३.२८ प्रतिशत वित्तीय र नगरपालिका तर्फ बिनियोजित बजेटको ३५.७७ प्रतिशत भौतिक र १२.८८ प्रतिसत वित्तीय प्रगती हासिल भएको नगरपालिकाले जनाएको छ ।

२४९ वटा नगर तथा वडा स्तरीय स्वीकृत योजनाहरु मध्ये १२५ वटा सम्झौता भई सञ्चालनमा रहेको र २५ वटा योजनाहरु सम्पन्न भैसकेको नगरप्रमुख खनालले जानकारी दिए ।

नगरसभामा नगर उपप्रमुख केदारबाबु बस्नेतले विनियोजन विधेकमा भएका संसोधन सहितको अध्यादेश प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा नगर तथा वडाबाट सञ्चालन गरिने प्रस्तावित कार्यक्रमको बजेट २ करोड ७९ लाख ७५ हजार रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!