रामेछाप:प्रहरीले अवैध रुपमा कर छली गरी ल्याएको चुरोट सहित दुईजनालाई पक्राउ गरेको छ । गत बिहिबार सिन्धुलीको खुर्काेट हुदै अवैध रुपमा ल्याएको एच टेन नामक चुरोट सहित मकावानपुर हेटौडा उपमहानगपालिका –१५ का ३२ बर्षिय राजकुमार लोप्चन र सोही उपमहानगरपालिका ४ बस्ने २६ बर्षिय कृष्ण कुमार बर्णवाललाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुलाई सनिबार आज प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ परेका ब्यक्तीको साथबाट एच टेन नामक चुरोट १४४ पेटी र खुल्ला ३४ पाकेट चुरोट बरामद भएको रामेछापका प्रहरी प्रमुख होम बहादुर पराजुलीले बताए ।
खुर्काेटबाट मन्थली आउदै गरेको प्रदेश नम्बर ०३–००५ प ३७६६ र मधेश प्रदेशको ०२–०१३ प २५३१ नम्बरको मोटर साइकललाई कुनौरी प्रहरीले चेक जाच गर्ने क्रममा उक्त मात्राको अवैध सामाग्री फेला परेको हो । उनीहरुको साथमा कुनैपनि बिल तथा चुरोट खदिर गरेको देखिने बिलबिजक नरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गरेको सामाग्री सहितको मोटरसाइकल र चालकलाई राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको जनाएको छ ।