• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले जिल्ला प्रसासनबाट दिईने सेवा प्रवाह थप प्रभावकारी हुने बताएकी छन । केहि दिन अघि मात्रै जिल्लामा प्रजिअको कार्यभार सम्हालेकी कुमारीले आज (शुक्रबार) पत्रकारहरुसंग अन्तरक्रिया गर्दै यस्तो बताएकी हुन ।

मन्त्रालयले आफुलाई कहिले र कहाँ ? खटाउँछ भन्ने पहिले नै एकिन नहुने भएकाले र आफु पनि यो जिल्लामा गएर यहिँ काम गर्छु भन्ने पुर्व योजना नभएपनि सेवाग्राहीलाई पहिलो प्राथमिकतामा राखेर प्रसासनबाट दिईने सेवालाई थप प्रभावकारी बनाउने आफ्नो उदेश्य रहेको उनले बताईन ।

ओखलढुंगा बसाईँको क्रममा यहाँको भौगोलिक, सामाजिक, आर्थिक कुनै पनि क्षेत्रको सुधार र विपद् व्यवस्थापनको लागि प्रसासनबाट हुने र सक्नेसम्म सबैखाले समन्वय र सहकार्य गर्न प्रसासन सँधै तयार रहने उनको भनाई थियो । विशेषगरी प्रसासनबाट नियमित हुने सेवा प्रवाह नै नागरीकको गुनासो रहित हुने गरी सम्भवत सबैभन्दा ‘टप’ मा ल्याईने प्रजिअ कुमारीले बताईन ।

समग्रमा ओखलढुंगा शान्त जिल्ला रहेको र यहाँका आम नागरिक समेत समझदार रहेको आफुले पाएकाले काम गर्न समेत निकै सहज हुने आफुले अपेक्षा गरेको उनले बताईन । त्यस्तै सञ्चारसंस्था तथा सञ्चारकर्मीसंग गर्नुपर्ने सहकार्य र समन्वयमा पनि आफु निकै सकारात्मक रहेको भन्दै नागरीकले पाउनुपर्ने सुचनाको हकमा समेत प्रसासन सचेत रहेको उनले बताईन ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित पत्रकारहरुले अब्यवस्थित विद्युतीकरण र प्रवाहका कारण पनि हाल जिल्लाका विभिन्न स्थानमा आगलागीका घटनाहरु बढिरहेकाले तत्काल यसको न्युनिकरणका लागि सम्बन्धित निकाय संग पहल गर्न सुझाएका थिए ।

यस अघिका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको गृह मन्त्रालयमा सरुवा भएपछि प्रदशर्नी कुमारीले ओखलढुंगामा प्रजिअको कार्यभार सम्हालेकी हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!