• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका ११ स्थित रमाईलोडाँडामा एक युवा कोठामा मृत भेटिएका छन । झापाको शिबसताक्षी नपा ७ घर भई ओखलढुंगा बस्दै आएका ३८ बर्षिया युवा राज श्रेष्ठ मृत अवस्थामा फेला परेका हुन ।

उनि केहि समयदेखी सिनपा ११ कै एक फर्निचर उद्योगमा काम गर्दै आएका थिए भने सोहि स्थानमा कोठा भाडामा लिएर बस्दै आएका थिए । आज (बिहीबार) दिउँसो अबेरसम्म कोठामै चुकुल लाएर बसेको थाहा पाएपछि स्थानीयले शंका लागेर प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले स्थानीय जनप्रतिनिधी समेतको रोहबरमा ढोका फोडेर भित्र हेर्दा उनि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ति युवा कुर्सीमा उत्तानो, दायाँतिर कोल्टे परेको र सिरक ओढेको मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

उनका अनुशार छेउमै रहेको उनको मेडिकल रिपोर्ट हेर्दा उनलाई टिबीको रोग रहेको बुझिएको छ । घटना शंकास्पद नरहेको पाईएपनि उनको के कारणले मृत्यु भयो भन्ने एकिन भैनसकेको प्रहरी निरीक्षक दासले बताए ।

प्रहरीले कानुनी प्रक्रिया पुरा गरी शबलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल रुम्जाटार पठाईएको छ भने घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!