• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । खोलामा माछा मार्न भनेर हिडेका एक किशोर मृत फेला परेका छन । गत सोमबार घरबाट माछा मार्न हिँडेका खिजिदेम्बा गाउँपालिका ६ तनारीका १६ वर्षीय युवराज सुनुवार‍ दहमा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।

मृतकका आफन्तले ईलाका प्रहरी कार्यालय खिजिफलाटेलाई छोरा घर फर्की नआएको जानकारी गराएका थिए । त्यसपछि प्रहरी, स्थानीय, आफन्तले संयुक्त रुपमा खोजी गर्ने क्रममा दुब्ले फलाँटे खोलाको दहमा डुबिरहेको अवस्थामा आज (बिहीबार) फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देबेन्द्र दासले जानकारी दिए ।

राइको माछा मार्न दहमा पस्दा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपि मृत्युको वास्तविक कारण खुलिनसकेको र घटना सङ्कास्पद नरहेको दासले बताए ।

मृतकको शबलाइ प्रहरीले कानुनी प्रक्रिया पूरा गरि (यो समाचार तयार गर्दा सम्म) पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइदै गरेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!