• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS
अभिमुखीकरणका सहभागीहरिले आफ्ना परिवारका सदस्यलाई राजनीतिक क्षेत्रमा लाग्न सबै क्षेत्रबाट सहयोग गरेको बताए । मोलुङ गाउँपालिका ६ का तेन्डी शेर्पा आफ्नो श्रीमती किञ्जु शेर्पा  महिला वडा सदस्य तथा तथा कार्यपालिका सदस्य भएकोमा निकै खुसी छन् । उनले घरको काममा सहयोग गरेरै भए पनि श्रीमतीलाई कार्यपालिका बैठक तथा अन्य काममा पठाउने गरेको बत्ताउँछन् । “परिवारका सदस्यले सहयोग गरे महिला पनि निकै अघि बढ्ने रहिछ ”उनले भने ।“अहिले मेरो श्रीमती खुलेर बोल्ने र आफ्नो कुरा प्रस्टसँग राख् नसक्ने भएकी छिन् ।”
शेर्पा मात्र हैन दियालेका महिला वडा सदस्य निर्मला विश्वकर्माका श्रीमान् कुल बहादुर विश्वकर्मा पनि आफूले राजनीतिक क्षेत्रमा लागेपछि आफ्नो श्रीमतीको बोली तथा व्यवहार मा धेरै परिवर्तन पाएको बताउँछ । “शी लिड्स परियोजना महिला जनप्रनिनिधीको क्षमता विकास तथा नेतृत्व बिकाएका लागी बारम्बार तालिम दिएपछि मेरी श्रीमती पनि धेरै बोल्ने र निडर भएकी छिन् ।” उनले भने । घरको काममा आफूले सहयोग गरेरै भए पनि आफ्ना परिवारका सदस्यलाई अगाडी बढ्न सहयोग गरेको उनको भनाई छ । 
 
 
त्यस्तै सिद्धिचरण नगरपालिका ४ का तिर्थ मल्ल श्रेष्ठले आफ्नो बहिनीलाई राजनीतिक क्षेत्रमा लाग्न प्रेरणा दिँदै हौसला दिने गरेको बताउँछिन् । उनले आफू घरायसी काममा रहे पनि बहिनीका लागी यो अवसर भएको बताइन् । शी लिड्स परियोजना अन्तरगत सञ्चालित कार्यक्रममा निर्णायक प्रक्रियामा लैङ्गिक समानता र निर्वाचित महिला जनप्रतिनिधिलाई सहयोगको प्रतिबद्धता विषयक अभिमुखीकरण कार्यक्रममा ओखलढुङ्गाका ६ स्थानीय तहका महिला जनप्रनिधीका परिवारका सदस्यहरूको सहभागिता रहेको थियो ।
 
कार्यक्रममा सामाजिक परिचालक रेवती रमण सुनुवारले कार्यक्रमपछि सहभागी परिवारका सदस्यहरूले राजनीतिक क्षेत्रमा लागेका आफ्ना आमा,श्रीमती,दिदी बहिनी लगायत सदस्यलाई थप सहयोग गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा परियोजनाका प्रशिक्षक द्धोय देवेन्द्र कुमार राई र मैया राई सहित जिल्ला संयोजक बुना बिक को समेत सहभागिता रहेको थियो ।
 शी लिड्स परियोजना जिल्लाका ६ वटा स्थानीय तहका दलित तथा महिला राजनितीक कर्मीहरुको क्षमता बिकाएका लागी विभिन्न कार्यक्रम सहित सञ्चालनमा रहेको छ । 
 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!