• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुङ्गा: विश्व वातावरण दिवसको अवसरमा ओखलढुङ्गाको जिल्ला सदरमुकाम स्थित शुभतारा अंग्रेजी बिद्यालयले सचेतनामूलक र्याली प्रदर्शन गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षक शिक्षिकाहरूको समूहले वातावरण जोगाउ,हरियाली कायम गरौँ भन्ने नारा सहित र्याली प्रदर्शन गरेको हो ।

सोमबार बिहान विद्यालय प्राङ्गणबाट सुरु भएको र्याली राम बजार हुँदै बजार परिक्रमा गरेर विद्यालयमै पुगेर अन्त्य भएको थियो । विद्यालयका प्रिन्सिपल तोफा सुब्बाका अनुसार वाललालिकाको माध्यमबाट वातावरण संरक्षण तथा वातावरणीय प्रदूषण निर्मूल पार्ने उद्देश्य सहित सचेतनामूलक प्रदर्शन गरेको हो । ’प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नारा तय गरिएको छ । 

प्लास्टिक प्रदूषणले विश्वमा असर परिरहेको भन्दै यसपालि प्लास्टिकको प्रयोगलाई रोकथाम गर्न प्रेरित गर्ने उद्देश्यले दिवसको नारा तय गरिएको हो । प्लास्टिक प्रदूषण रोकथाम गर्न भन्दै नेपालले २०७२ सालदेखि नै ४० माइक्रोन भन्दा पातला प्लास्टिकको प्रयोगमा रोक लगाएको छ । तर, यो कार्यान्वयन भने हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!