• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

रामेछाप: मन्थली नगरपालिकाका दुई वटा स्वास्थ्य संस्थामा गए राती चोरीको प्रयास भएको छ । मन्थली नगरपालिका २ स्थित कठजोर स्वास्थ्य चौकी र वडा नम्बर तिनको ठाँटी आधारभूत स्वास्थ्य केन्द्रमा चोरीको प्रयास भएको हो ।

अपरिचित ब्यक्तीले स्वास्थ्य संस्थाको प्रमुख ढोका फोरेर भित्र रहेको दराज तथा अन्य क्षेत्रमा खानतलासी गरेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापमा प्रहरी निरीक्षक दीपक कुमार थापाले जानकारी दिए ।  उनका अनुसार चोरले ढोकोको ताला फोरेर नगद पैसाको खोजीमा दराज तथा अन्य क्षेत्रको खानतलासी गरेको देखिएको छ ।

खानतलासीका क्रममा संस्था संस्थाको कागजात छरपस्ट देखिएको छ । चोरले सोही सवास्थ्य संस्थामा कार्यरत एक कर्मचारी बस्ने घरमा समेत चोरीको प्रयास गरेका छन् ।

ग्रामीण क्षेत्रको स्वास्थ्य संस्थामा चोरीको प्रयास भएपछि वडा कार्यालयले समेत असुरक्षित महसुस गर्दै विज्ञप्ति जारी गरेर समेत गराएको छ । प्रहरी निरीक्षक थापाका अनुसार चोरीको प्रयासमा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!