• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

रामेछाप: मन्थली नगरपालिका १ भैसेश्वरमा अटो दुर्घटना हुँदादुई बालक घाइते भएका छन् । बुधवार बिहान  सुनार पानीबाट मन्थलीतर्फ आउँदै गरेको प्र २ –०२–००१ ह ०२९१ नं. को अटो दुर्घटना हुँदा तिन जना घाइते भएका हुन् ।

दुर्घटनामा परेर अटो चालक मन्थली न.पा.–५ सुनार पानीका सुदिप शाहीका ८ वर्षीय छोरा दिपाङसु शाही र ६ वर्षीय प्रज्वल नेपाली घाइते भएका छन् । घाइतेमध्ये दिपाङसुको टाउको, अनुहार र कम्मरमा चोट लागेको छ भने प्रज्वलको बाया हातको नाडी र औलामा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

घाइतेहरूलाई उपचाका लागी तामाकोसी अस्पताल मन्थलीमा राखिएको छ ।  अटो चालक ४० वर्षीय गुण राज श्रेष्ठ र टो प्रहरीको नियन्त्रणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!