• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । बिषालु च्याउ खादा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर बिरामी परेका छन । मृत्यु हुनेमा जिल्लाको चिशंखुगढी गाउपालिका ७ डाँडागाउ बस्ने २४ बर्षिया कल्पना शर्मा रहेकी छन ।

त्यस्तै निजको २६ बर्षिय श्रीमान पर्शुराम खतिवडा गम्भीर बिरामी परेका छन । गत असार ७ गते उनिहरुले आफ्नै बारीमा पलाएको च्याउ सेवन गरेका थिए । चाउ सेवनबाट सख्त बिरामी भएपछी उनिहरुको स्थानीय अस्पतालमा उपचार पश्चात थप उपचारको लागि टिचिङ अस्पताल काठमाण्डौ लगिएको थियो ।

सोही अस्पतालमा उपचारको क्रममा बिहिबार झन्डै ७ बजे राती कल्पनाको मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देबेन्द्र दासले जानकारी दिए । मृतकका श्रीमान खतिवडाको अबस्था गम्भिर रहेको र मृतकको लासको कानुनी प्रकृयाको लागि प्रहरी वृत महाराजगंज संग समन्वय भई रहेको उनले बताए ।

घटना बारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!