• २०८१, ५ मंसिर बुधबार
0 COMMENTS

ओखलढुंगा । मानसिक रोगबाट पिडित एक किशोरले जिल्ला स्थित चिसंखुगढी गाउँपालिकाका विभिन्न मतानघर तथा गोठमा आगजनी गरेका छन । केहि दिन अघि २ वटा गाईगोठ तथा मतानघर जलाईदिएका उनले आज (आईतबार) पुन ३ मतानघर तथा गोठ जलाईदिएका छन ।

घर तथा गोठ जलाउँदै हिँड्ने ति किशोर चिसंखुगढी गाउँपालिका २ का १६ बर्षिय किशोर घिमिरे हुन । उनले आज मात्रै सोहि ठाउँका कमलबहादुर श्रेष्ठको फुसको छानो भएको ढुङ्गा माटोले बनेको १ तले मतानमा आगजनी गरेका छन । त्यस्तै सिताराम भन्डारीको फुसको छानो र ढुङ्गा माटोले बनेको १ तले मतान र टंकप्रसाद घिमिरेको फुसको छानो भएको गाईको गोठमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुशार आगजनीबाट ति मतानहरु तथा गोठ पुर्ण रुपमा जलेर नष्ट भएका छन । यस अघि पनि निज किशोरले चन्द्रबहादुर बिक को फुसको छानो, ढुङ्गा माटोले बनेको १ तले मतान र बिष्णुप्रसाद घिमिरेको गोठमा आगजनी गरेको खुल्न आएको छ ।

आगजनीबाट झन्डै ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देबेन्द्र दासले जानकारी दिए । आगजनीबाट कुनै मानविय तथा पशुचौपायामा भने क्षति पुगेको छैन ।

आगजनी गर्ने ति किशोरलाई स्थानीयबासी, जनप्रतिनिधी र प्रहरी समेतको सहयोगमा उपचारका लागि सामुदायिक अस्पताल सोब्रु ल्याइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!