• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको खिजीदेम्बा गाउँपालिकाकी एक १३ बर्षिया बालिकालाई जबरजस्ती करणीको आरोपमा फरार रहेका एक युवा पक्राउ परेका छन । गत जेष्ठ ३ गते घरमा एक्लै रहेको अवस्थामा ति युवाले बालिकालाई जबरजस्ती करणी गरेको पिडित पक्षको आरोप छ ।

पक्राउ पर्नेमा तेह्रथुमको मेन्छयायम गाउँपालिका ५ का २५ बर्षिय अनिल खापुङ भनिने अनिल लिम्बु रहेका छन । कामको शिलशिलामा केही समयदेखी ति युवा खिजीदेम्बामै रहँदै आएका थिए । घटना पश्चात फरार रहेका लिम्बुलाई गत साउन १८ गते पिडितको आफन्तले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई तेह्रथुम प्रहरीको समन्वयमा निजको घरबाटै शुक्रबार पक्राउ गरि गरी जिल्ला ल्याईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिए । घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!