• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS
ओखलढुङ्गा: जिल्लामा सञ्चालन भएको एक दिने निःशुल्क आँखा शिविर मा १ सय ४२ जना आँखाका बिरामीले निःशुल्क आँखा परीक्षण गराएका छन् । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्थापनाको छैटौ वर्ष पुरा गरेको अवसरमा कम्पनीले का १ सय ४२ जना नागरिकहरूको निःशुल्क आँखा परीक्षण गराएको हो ।
 
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत कम्पनीले सामुदायिक आँखा केन्द्र ओखलढुङ्गा सँगको समन्वयमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको कम्पनीका क्षेत्रीय शाखा प्रमुख सनत सत्यालले जानकारी दिए । शिविर मा सहभागी मध्ये ३० बढी नागरिक मोतिया बिन्दुको समस्या भएको पहिचान भएको सामुदायिक आँखा केन्द्रका नेत्र रोग विशेषज्ञ योगीना बि.केले बताईन् ।
 
यस वाहेक आँखा पाक्ने समस्या भएका तथा अन्य चस्मा लगाउनुपर्ने बिरामीहरूलाई सामुदायिक आँखा केन्द्रमा पठाईएको छ । शिविरमा सहभागी नागरिकलाई निःशुल्क आँखा परीक्षण सहित निःशुल्क औषधी समेत वितरण गरिएको छ । शिविर सञ्चालनका लागी जेष्ठ नागरिक तथा दिवा सेवा मिलन केन्द्र ओखलढुङ्गा,उद्योग वाणिज्य संघ ओखलढुङ्गाले पनि सहयोग गरेको कम्पनीका शाखा प्रमुख रामहरी श्रेष्ठले बताए  ।
 
शिविरमा सहभागी ज्येष्ठ नागरिक,अशक्त,बालबालिका तथा अन्य सहभागीहरूले निःशुल्क सेवा पाएको भन्दै खुसी व्यक्त गरे । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!