• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । दलित महिला केन्द्र नेपालको ‘शि लिड्स’ परियोजनाले स्थानीय तहमा लंैगिक समानता तथा सामाजिक समावेशीकरण मुलप्रवाहीकरण सम्बन्धी एक दिने अन्तरक्रिया गरेको छ । जिल्ला स्थित परियोजना लागु भएका ६ वटा पालिकाका विभिन्न विषयगत शाखाका पदाधिकारी संग आज (शुक्रबार) १ दिने अन्तरक्रिया गरेको हो ।

सदरमुकाममा भएको कार्यक्रममा सिद्धिचरण नगरपालिका, चिसंखुगढी, मानेभञ्ज्याङ, चम्पादेवी, सुनकोशी र मोलुङ गाउँपालिकाका पदाधिकारीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा प्रशिक्षक सुर्यप्रसाद न्यौपानेले लैगिंक समानता तथा सामाजिक समावेशीकरण, सामाजिक विकास समिति, आर्थिक विकास समिति, भौतिक पूर्वाधार विकास समिति, बन बातावरण तथा विपद् ब्यवस्थापन समितीलगायत बारे प्रष्ट पारेका थिए ।

त्यस्तै लैंगिक उत्तरदायी बजेट कसरी तर्जुमा गर्ने? योजना तर्जुमा प्रक्रियामा लैगिंक समानता, सामाजिक समावेशीकरण कसरी समावेश गर्ने ? र प्राथमिकता निर्धारण कसरी गर्ने भन्ने बारे समेत प्रष्ट पारेका थिए । कार्यक्रममा परियोजनाकी कार्यक्रम मूल्यांकन अनुगमन अधिकृत बुना बिकले कार्यक्रमको उदेश्य बारे प्रकाश पारेकी थिईन ।

कार्यक्रममा प्रशिक्षकहरु मैयाँ राई, देवेन्द्र राई र विभिन्न पालिकाका मेन्टरहरुले कार्यक्रमको सहजिकरण गरेका थिए । स्थानीय तहले निर्माण गर्ने विभिन्न योजना तथा बजेटलाई लैंगिक तथा सामाजिक समावेशीकरण बनाउने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!