• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । ओखलढुगाबाट पूर्व अरनिको यातायात प्रालिले बस सेवा सञ्चालनमा ल्याएको छ । मंगलबार जिल्ला सदरमुकाममा आयोजित एक औपचारिक कार्यक्रमका बिच सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले रिवन काटेर यातायात शुभारम्भको गरेका हुन् ।

औपचारीक रुपमा सेवा शुभारम्भ भएसँगै बुधबारबाट ओखलढुङ्गाका पूर्व क्षेत्र चिशंखुगढी गाउँपालिकाको कुईभिर–खानिभञ्ज्याङ्ग, मोलुङ गाउँपालिकाको श्रीचौर–प्राप्चा तथा सिद्धिचरण नगरपालिकाको रुम्जाटारबाट काठमाण्डौं सम्म र काठमाण्डौंबाट ती स्थानहरुसम्म अरनिको यातायातको गाडीहरु नियमित सञ्चालन आउनेछन् ।

अरनिको यातायातको गाडीहरु सञ्चालनमा आएसँगै जिल्लाका पुर्व दुर्गम क्षेत्रमा रहेका नागरिकहरुले जिल्ला सदरमुकाम तथा काठमाण्डौं सम्म सहजै रुपमा सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ । ओखलढुङ्गाबाट मंगलबार देखी नियमित रुपमा अरनिको यातायातको गाडी सञ्चालनमा रहेपनि सोलुखुम्बु जिल्लाबाट भने बुधबारबाट मात्र नियमित बस सञ्चालन गर्ने तयारी अरनिको यातायात प्रालिले गरेको छ ।

बस सेवा सञ्चालनको औपचारिक शुभारम्भ भएपश्चात सदरमुकाममा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले अरनिको यातायातको बस सेवालाई स्वागत गर्दै बस सेवा सञ्चालनका लागि पूर्ण रुपमा समर्थन गर्ने बताएका थिए । बस सेवा सञ्चालन गर्दै गर्दा हाल ओखलढुङ्गामा सञ्चालनमा रहेको बसहरुले जेष्ठ तथा अपाङ्ग नागरिक एवम् विद्यार्थीहरुलाई नियम अनुसार छुट नदिएको भन्ने गुनासो आएकोले अरनिको बस सेवाले भने त्यस्ता गुनासो नआउने गरि सेवा दिन आग्रह गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले प्रतिष्पर्धाको नाममा गाडीहरु दौडाउदा नागरिकहरुले सेवा पाउन असहज तथा स्पीडका कारण दुर्घटनाको जोखिमको अवस्था पनि त्यतिकै भएकोले त्यसको बारेमा ध्यान पु¥याउन समिति समक्ष आग्रह गरेका थिए । काउण्टर र बस सञ्चालनहरु बिचमा आवश्यक समन्वय नहुँदा सेवाग्राहीहरु मारमा पर्ने भएकोले त्यसमा समेत ध्यान दिन समिति समक्ष आग्रह गरेका थिए ।

सहभागीहरुको गुनासो र सुझावलाई मनन गर्दै अरनिको यातायात अन्तर्गतका बसहरुले नागरिकहरुको मर्मलाई ध्यानमा राखेर सञ्चालन गरिने पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्री खत्रीले बताए । लक्षित बर्गका नागरिक तथा लामो दुरीको यात्रा गर्दा विद्यार्थीहरुले पाउने छुटका सम्बन्धमा भने टिकट काउण्टरमा नै गएर टिकट काटे सरकारी नियम अनुसार छुट सुविधा प्रदान गरिने अध्यक्ष खत्री क्षेत्रीले बताए ।

प्रदेश तथा जिल्लाले तय गरेको भाडादर अनुसार अरनिको यातायात प्रालिले पनि भाडा दर तय गरेर कार्यान्वयन गर्ने अध्यक्ष खत्री क्षेत्रीको भनाई थियो । कुनैपनि समस्या सृजना भएमा आवश्यक छलफल र समन्वयवाट समस्याको समाधान हुने भएकोले त्यसमा पूर्व अरनिको यातायात प्रालि प्रतिबद्ध रहेको उनको भनाई थियो ।

आजबाट ओखलढुङ्गाको तिन स्थानवाट गाडी छुटेसँगै अब ओखलढुङ्गा जिल्लाबाट अरनिको यातायात प्रालिका ११ ओटा गाडी दैनिक रुपमा जिल्लामा भित्रिने र काठमाण्डौंका लागि छुट्नेछन् । अरनिको यातायात प्रालिले ओखलढुङ्गाका पूर्वि क्षेत्रमा समेत सेवा सञ्चालन गरेपछि नागरिकहरु भने खुशी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!