• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । एक बृद्धाको हत्या पश्चात लुटपाटमा संलग्न ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको मोलुङ गाउँपालिका ५ का १९ बर्षिय टुक बहादुर कट्वाल, वडा नं. ३ का २५ बर्षिय मानबहादुर भुजेल र सोहि ठाउँका एक जना १६ बर्षिय नाबालक रहेका छन ।

नाबालक रहेकोले ति बालकको परिचय भने प्रहरीले गोप्य राखेको छ । गत मंसिर ३० गते जिल्लाको मोलुङ गाउँपालिका ३ चेस्को बस्ने करिब ८२ बर्षिया बालामाया सुनुवार आफ्नै घरको निदालमा प्लाष्टिकको डोरी घाँटिमा पासो लगाई झुण्डि मृत अवस्थामा भेटिएकी थिईन । घटनाको प्रारम्भिक अनुसंधानबाट उक्त घटना हत्या हुन सक्ने भनी अनुमान गरी अनुसन्धान गर्दैजाँदा उक्त घटनामा उनिहरु संलग्न रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

गत मंसिर २८ गते बिहिबारको बेलुका झन्डै ८ नौ बजे निज बालामाया सुनुवार घरमा एकलै रहेकी अवस्थामा लुट्पाट गर्ने उदेश्यले उनिहरुले घरको ढोका खोल्न लगाएका थिए । त्यसपछि निज सुनुवारलाई ढुंगाले हिर्काई बेहोस भए पश्चात् निजको घाँटी समेत न्याकी हत्या गरि प्लास्टिकको डोरीले उनको घाँटीमा पासो लगाई निजकै घरको निदालमा झुण्ड्याएका थिए ।

त्यसपछि घरको ढोका बाहिरबाट लगाई निजले नाक र कानमा लगाएकी सुन तथा घाँटीमा लगाएकी चाँदिको माला र पैसा समेत लुटेर उनिहरु फरार भएको अनुसन्धानबाट खुलेको छ । घटना पश्चात थप अनुसन्धान र खोजतलास गर्ने क्रममा मगलबार उनिहरुलाई गाउँबाटै प्रहरीले पक्राउ गरेको हो ।

घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!