ओखलढुंगा । स्काभेटरको ठक्करबा १ जनाको मृत्यु भएको छ । बाटो खन्ने क्रममा स्काभेटरले ठक्कर दिदा जिल्लाको चिसंखुगढी गाउँपालिका वार्ड नं. ६ भदौरे-मुगाछापका ६६ बर्षका एकबहादुर मगरको मृत्यु भएको हो ।
शुक्रबार (हिजो) अंदाजि ४ :२० बजेको समयमा जिल्लाको चिसङ्खुगढी गाउँपालिका वार्ड नं. ६ भदौरे-मुगाछा स्थितमा सिद्धिचरणचरण नगरपालिका वार्ड नं.२ चुहानछाप हुँदै चिसंखुगढी गाउँपालिका वार्ड नं.६ भदौरे जाने भित्री कच्ची सडक निर्माण गर्ने क्रममा उनलाइ स्काभेटरले उनलाइ ठक्कर दिएको थियो।
प्र. ०३-०१-००३ क ७३५६ नंबरको स्काभेटरको ठक्करबाट गम्भीर घाइते भएका उनलाइ तत्काल उपचारको लागि अस्पताल तर्फ ल्याउँदै गर्दा घटनास्थल बाट अंदाजि ३०० मिटर टाढा बाटोमा नै मृत्यू भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएपछी प्रहरी चौकी निशंखे र जि.प्र.का.बाट खटि गएको प्रहरी टोलिले प्रारम्भिक अनुसंधान तथा कानुनी प्रकृया पश्चात शव परिक्षणको लागि ओखलढुंगा जिल्ला अस्पताल रुम्जाटार पठाइएको छ । उक्त स्काभेटर प्रहरी चौकी निशंखेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।