ओखलढुंगा । घरको विद्युत शट् भइ करेन्ट लागेर १ जनाको ज्यान गएको छ । आज (आइतबार) बिहान झन्डै ५:३० बजेतिर जिल्लाको चिसंखुगढी गाउँपालिका वडा नम्बर ३ बोडीछाप बस्ने ५७ वर्षिय सिजन कुमारी थापाको करेन्टले ज्यान गएको हो ।
निजको घरमा अचानक बिद्युत भई आगोलागी समेत भएको थियो । घटनाको जानकारी पाएपछी नजिकको प्रहरी टोली खटी गई स्थानीय बासी र नेपाल प्रहरीको सहयोगमा उक्त आगो ०६:४५ बजेको समयमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको बताइएको छ ।
घरमा बिद्युत अचानक सर्ट हुँदा करेन्ट लागेर बेहोस अवस्थामा घरबाट बाहिर निकालिएकोमा थापाको मृत्यू भईसकेको पाइएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी टोली घटनास्थल तर्फ प्रस्थान गरेको छ ।
आगलागी बाट ढुङ्गा माटोले बनेको फूसको छाना भएको २ तले घरको छाना र काठपात जली नष्ट हुँदा अंदाजि ३ लाख बराबरको आर्थिक क्षती भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।