ओखलढुंगा । अन्डा खादा अडकिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मोलुङ गाउँपालिका वडा नम्बर २ रामपुर बस्ने ४५ वर्षिय काजी भुजेल रहेका छन ।
शुक्रबार झन्डै साझ ५:३० बजेतिर मादक पदार्थ सेवन गरेका उनी स्थानीय फुलमाया तामाङको खाजा घरमा पुगेका थिए । उक्त पसलबाट आफुखुसि कुखुराको उसिनेको अण्डा निकाली खाने क्रममा घाँटिमा अडकिन गई निज बेहोस भई लडेको बताइएको छ ।
घटनाको जानकारी पाएपछी इलाका प्रहरी कार्यालय बरुणेश्वर बाट खटिएको प्रहरी टोलि र स्थानीयले उद्वार गरि उपचारको लागि सामुदायिक मिसन अस्पताल सोब्रु पठाईएको थियो । अस्पतालमा ल्याइ चेकजाँच गर्दा निजको मृत्यु भैसकेको पाइएको प्रहरीले जनाएको छ ।
मृतकको शव परिक्षण पश्चात् आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।