• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । बर्षा संगै परेको चट्याङ लागेर १ जनाको ज्यान गएको छ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका-५ माथिल्लो रिचुवा बस्ने अन्दाजी वर्ष ६६ को तिलक बहादुर मगरको  चट्याङले ज्यान लिएको हो ।

बुुुधबार  दिउँसो ५ बजेतिर घरभन्दा २ किलोमिटर दक्षिणमा रहेको सुवाडाँडा सामुदायिक जङ्गलमा उनी  गोठाला गएका थिए । सोही बेला बर्षातसगैँ परेको चट्याङ लागेर उनको  घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जनकारी पाएपछि  प्रहरी चौकी मानेभञ्ज्याङबाट प्रहरी टोली खटिगई घटनास्थल सुरक्षित राखेको छ ।

आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाको लागि आज जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरिक्षकको टोली खटिजाने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!