• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । ओखलढुंगा उद्योग बाणिज्य संघ ओखलढुंगाको ५ औँ साधरण सभा तथा विधान अधिवेशन उद्घाटन सत्र सम्पन्न भएको छ । ११ वर्षपछि आज (मंगलबार) संघका अध्यक्ष ज्ञानेन्द्र मास्के र प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला समन्वय समिती ओखलढुंगाको सभाहलमा भएको कार्यक्रममा संघका अध्यक्ष मास्केले उद्योग बाणिज्य संघले २०१८ सालदेखी प्रतिनिधित्व गर्दै २०२८ सालबाट संस्थागत संरचना हुँदै २०३४ सालमा संगठित भएर २०५५ सालमा दर्ता भई हालसम्मको यात्रा पार गरेको बताए ।

उनले संस्थाको ईतिहास,संस्थाले हालसम्म गरेका काम, गर्नुपर्ने कार्य आदी बारे प्रस्ट पारेका थिए । कार्यक्रममा सहभागी विभिन्न राजनैतिक दल, संघसंस्थाका प्रतिनिधीहरुले कोरोेना महामारी,महाभूकम्प र अन्य जटिल अवस्थामा समेत उद्योग वाणिज्य संघले बजारमा खाद्यान्न तथा अत्यावश्यकिय सामग्री अभाव हुन नदिन ठुलो भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए ।

विकास र अर्थतन्त्र सुधारका लागि निजी क्षेत्र उत्तिकै महत्वपुर्ण हुने भएकाले स्थानीय सरकार र सरोकारवाला निकाय संग समन्वय गरेर निर्यात बृद्धि गर्न संघले पहल गर्नुपर्ने उनिहरुको सुझाव थियो । कोरोना महामारी, भुकम्प र संस्थाको आफ्नै विविध समस्याले गर्दा समयमा अधिवेशन गर्न नसकिएको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!