• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । बिरामी भइ उपचारको लागि जिल्ला बाहिर लैजाने क्रममा १ जनाको मृत्यु भएको छ । सप्तरीको मझौरा घर भई बिगत २०/२२ दिन देखी जिल्लाको सिद्धिचरण नगरपालीका १२ भैरबटोल स्थित छोरी ज्वाईकोमा बस्दै आएका अन्दाजी बर्ष ७० को कृष्णप्रसाद मण्डलको मृत्यु भएको हो ।

बिरामी भएपछि उनलाइ आज (बिहिबार) बिहान सप्तरी घरतर्फ ओखलढुङगा बाट बिराटनगर जाने गाडीमा लैजाने तयारी गरिएको थियो । पहिले निश्चित गरिएको गाडीमा यात्रु कम भएकोले गाडी नजाने भएपछि  अर्को गाडीमा लान भनी उक्त गाडी बाट निकाली बाटोमा राखिएको थियो ।

सोहि अबस्थामा उनको सिनपा ११ स्थित मिलनचोकमा मृत्यु भएको पाइएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि खटिएको प्रहरी टोलिले कानुनी प्रकृया र पोस्टमार्टम पश्चात शव आफन्तलाई बुझाइसकिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!