ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका १२ सितलपुरमा एक बालकको लडेर मृत्यु भएको छ । स्थानीय १२ वर्षिय सौरव राईको लडेर मृत्यु भएको हो ।
केही दिन अघि उनी घरछेउमै लडेका थिए । लडेर उनको बांया खुट्टाको घुंडा समेतमा चोट लागि निजलाई घरमा नै राखिएको थियो ।
आज (बिहीबार) बिहानबाट थप समस्या देखिएपछि उपचारको लागी सामुदायिक मिसन अस्पताल ओखलढुंगामा ल्याइएको थियो । डाक्टरले चेकजांच गरी हेर्दा निजको मृत्युु भैसकेको पाइएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्याल ओखलढुंगाबाट आवश्यक अनुसन्धान तथा कानुनि प्रकृयाको लागी प्रहरी टोलि त्यसतर्फ गएको थियो । टोलीले कानुनि प्रकृया समेतको कार्य सम्पन्न गरि मृत लासलाइ पो.मा.को लागि जिल्ला अस्पताल रुम्जाटार तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।