ओखलढुंगा । धरानबाट ओखलढुंगा तर्फ आउदै गरेको सुमो जीप दुर्घटना हुँदा चालक सहित १२ जना घाइते भएका छन । आज (शुक्रबार) बिहान छुटेको को १ ज २८३५ नम्बरको सुमो जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ५ जेरुङ गाउँ काउलेपानीमा दिउँसो २:२० बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा परि सुमो चालक मोरङ्को सुन्दर हरैंचा न.पा.६ बस्ने बर्ष १९ को सुमन लिम्बु , सोही स्थानका बर्ष ५० को उदय लिम्बु घाइते भएका छन ।
त्यसैगरी जिल्लाको चिशंखुगढी गाउपालिका १ बस्ने बर्ष २५ की राधिका राई, सोही स्थानकी बर्स ८६ की धनमाया मगर, निजकै नाति बर्ष २० को शेखर मगर, सोही स्थानकी बर्स २८ की सुनिता राई,निजको छोरा बर्ष ३ को कवाङ तामाङ, चिसङ्खुगढिकै बर्ष २५ को बेनिबहादुर कार्की, बर्ष २१ को किरण कार्की, बर्ष ५६ की सिता कुमारी निरौला र बर्ष ६० को पेषल कुमार निरौला घाइते भएका छन ।
१ जना यात्रु भने तत्काल बोल्न नसक्ने भएकोले नाम थर वतन खुल्न बाकी रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको तत्काल उद्दार गरि उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको छ । घाइते मध्य अधिकांसको बाहिरी चोट नदेखिए पनि भित्री चोट लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।
चालक सहित १२ जना यात्रु बोकेर हिडेको उक्त सुमो अचानक अनियन्त्रित भइ सडकबाट झन्डै १० मिटर तल खसेर दुर्घटना भएको थियो । घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।